site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लस एन्जलसको आगलागीबाट अहिलेसम्म के–के भयो ? 

काठमाडौं । अमेरिकाको लस एन्जलसमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । २३ जना हराइरहेका छन् । 

डढेलो अझै फैलिरहेको क्षेत्रमा पालिसेड, इटन र हर्स्ट रहेका छन् । हजारौं घर जलेर नष्ट भएका छन् । आगलागी २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

आगलागीबाट अहिलेसम्म के–के भयो ? 
– अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । २३ जना हराइरहेका छन् ।

– आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पेलिसेडस पहिलो स्थानमा रहेको छ । आगलागी २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । १४ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी मानिस खटिएका छन् ।

–आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र इटनको ३३ प्रतिशत क्षेत्र मात्र नियन्त्रणमा आएको छ । १४ हजार एकडभन्दा बढी जमिनमा अझै पनि आगो लागेको छ ।

–शतप्रतिशत नियन्त्रणमा आउनुको अर्थ आगो पूर्णरुपमा निभिसकेको भन्ने होइन । यसको अर्थ आगोको ज्वालालाई अगाडि बढ्नबाट रोकेको छ ।

–नेसनल वेदर सर्भिसका मौसमविद् रिच थम्पसनले लस एन्जलसमा लागेको डढेलोलाई बढावा दिने सेन्टा एना हावाबाट अझै पनि राहत पाउन नसकिएको बताए ।

–अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘हामीले गुमाएका २४ निर्दोष आत्माप्रति हाम्रो सम्मान छ ।’ बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro