site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् । दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लागेको भनेर नकारात्मकता फैलाइएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार बालुवाटारमा बधाई तथा शुुभकामना दिने क्रममा उनले कुनै पनि दल मिल्ने र फुट्ने सबैको आन्तरिक विषय भएको स्पष्ट गरे । त्यस्तो ‘कुकर्म’ गर्ने मनसाय आफूमा नरहेको उनको भनाइ थियो ।

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको व्यवस्था गरेर अध्यादेश ल्याएको र विरोध भएपछि फिर्ता लिएको स्मरण गरे । तर, तिनै विरोध गर्नेले २० प्रतिशत सांसदले विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल फुटाएको उनले सुनाए ।

प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको उल्लेख गरे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता जोगिनुपर्नेमा उनले जोड दिए ।

यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले पनि भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरिरहेको उनले बताए । “हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर दिउँसो वा राति काम हुन्छ,” उनले भने, “लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’’

उनले अगाडि भने, “राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेमा त्यो राम्रो हुन्छ र ?’’

सञ्चार क्रियाकलापका नाममा किर्ते र जाली कार्य रोक्न सरकारले कानुन ल्याउने उनले जानकारी गराए । पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यको भूमिका हुने उनले विश्वास दिलाए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro