site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लस एन्जलसमा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता

काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । 

आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको बीबीसीले जनाएको छ । १६ जना बेपत्ता भएको समाचारमा उल्लेख छ । केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ । जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ । 

बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ । 

हालसम्म सयौँ घर र गाडीहरू जलेका छन् । एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् । हावाहुरीले रुखहरू ढलेका छन् ।

लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । खरानीका सूक्ष्म कण र धुवाँले आकाश ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro