site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन थाइल्यान्डमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन थाइल्यान्डमा र एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियामा गर्ने भएको छ । संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

युवा सम्मेलन थाइल्यान्डको बैंककमा १५ देखि १६ मार्च २०२५ मा आयोजना गरिने संघले जनाएको छ ।  

Argakhachi Cement Island Ad

“नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ,” संघले आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

सम्मेलनले नेपाली प्रवासी युवा, पीएनओज् र नेपालका स्थानीय युवाहरूबीच मजबुत साझेदारी स्थापना गर्ने अपेक्षा गरिएको छ ।

युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्न संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्न सम्मेलन साझा मञ्च बन्ने विश्वास संघको छ ।

सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पीएनओज् विभागका इन्चार्ज तथा उपाध्यक्ष रामशरण सिम्खडाको निर्देशनमा तयारी तीव्र रूपमा अघि बढाइएको छ  ।

यसैबीच संघले १८ देखि १९ मार्च २०२५ मा कम्बोडियामा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

दुवै सम्मेलनमा नेपाल सरकारको प्रतिनिधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्वअध्यक्षहरू, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू, युरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपूर्वका देशहरूबाट समेत गरी करिब ३०० प्रतिनिधिको सहभागिता रहने संघले बताएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्