site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जय ट्रफीको फाइनलमा आर्मी, मधेस बाहिरियो

काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको पाँचौँ खेलमा मधेस प्रदेशविरुद्ध आठ विकेटको सहज जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

आइतबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा मधेसबाट पाएको २८ रनको झिनो लक्ष्य आर्मीले ६ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । 

आर्मीको जितमा तिर्थराज दासले सर्वाधिक १३ रन बनाए । ओपनर इमरान सेखले आठ रन थप्दा सन्तोष कार्की र बसिर अहमेदले समान चार रन जोडे । 

दोस्रो इनिङमा मधेसका प्रदीप पासवानले दुई विकेट लिए । 

त्यसअघि ब्याटिङमा मधेसले दोस्रो इनिङमा सबै विकेट गुमाएर १५० रनमात्र बनाएपछि आर्मीले २८ रनको लक्ष्य पाएको हो ।

मधेबाट दोस्रो इनिङमा मयन यादवले सर्वाधिक ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका ८७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । कप्तान हरिशंकर साहले २५ रन थपे । अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमांशु दत्तले ११ रन जोडे । 

आर्मीका बसिर अहमेदले चार विकेट लिए । २०.१ ओभर बलिङ गरेका बसिरले सात मेडन फ्याँक्दै २३ रन खर्चिए । साहब आलमले तीन विकेट लिए । आकाश चन्दले दुई विकेट हात पारे ।

त्यसअघि आर्मीले इनिङ समाप्तिको घोषणा गर्नुअघि नौ विकेट गुमाएर २२५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मधेसले पहिलो इनिङमा १०२ रन मात्र बनाउन सक्यो । त्यसपछि आर्मीबाट फलोअन पाएको मधेसले एक ओभरमा दुई रन बनाउँदा अम्पायरले दिनको अन्त्य गरे ।

पहिलो इनिङमा आर्मीका दुई ब्याटरले अर्धशतक बनाए । बसिर अहमेद र भीम सार्कीले क्रमशः ६७ रन ५२ रनको योगदान गरे । इमरान शेखले ४२ रन थपे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीले पहिलो इनिङमा २९ अतिरिक्त रन पाएको थियो ।

आर्मीविरुद्ध मधेसका रञ्जीत कुमारले पाँच विकेट लिए । १६.३ ओभर बलिङ गरेका रञ्जीतले तीन मेडन फ्याँक्दै पाँच विकेट लिएका हुन् । प्रदीप पासवानले दुई र अभिषेक तिवारी र हरिशंकर साहले समान एक विकेट लिए ।

पहिलो इनिङमा मधेसका कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाए । अभिषेक तिवारीले १३, मयन यादवले ११ र प्रदीप पासवानले १० रन थपे ।

मधेसलाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ६ विकेट लिए । साहबले १२ ओभरमा पाँच मेडन फ्याँक्दै ३७ रन खर्चिए । सोमपाल कामी, आकाश चन्द, बसिर अहमेद र पवन कार्कीले समान एक विकेट लिए । 

दोस्रो इनिङमा मधेसबाट हाल हिमांशु दत्त दुई रन र मयन यादव शून्यमा छन् ।

प्रतियोगितामा आर्मीको यो पहिलो जित हो । आर्मीले यसअघि पुलिस र वाग्मतीसँग ‘ड्र’ खेलेको थियो । पहिलो खेलमा मधेस र वाग्मती प्रदेशले ‘ड्र’ खेलेका थिए । मधेसले दोस्रो खेलमा नेपाल पुलिससँग एक इनिङ र ३५ रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro