राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाल प्रिमियर लिग (एनपीएल)को सफलतापछि क्रिकेट क्षेत्र स्वर्णिम युगतर्फ अघि बढेको बताएका छन् ।
पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस क्रिकेट टिमले गरेको डब्लूआरसी प्रिमियर लिगको उद्घाटन गर्न पुगेका महरले क्रिकेट लिगको सफलताले खेल क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलिदिएको बताए ।
“एनपीएल क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको छ,” महरले भने, “यस्ता लिग केन्द्रमा मात्र नभएर प्रादेशिक तहमा पनि आयोजना गरिनुपर्छ ।”
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १७:३२
प्रतिक्रिया दिनुहोस्