site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको दाबी– नयाँ सरकारले राजनीतिक स्थायित्वको सन्देश दियो

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले राजनीतिक स्थायित्वको सन्देश दिएको दाबी गरेका छन् ।

आइतबार केन्द्रीय कमिट‍ी बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले आफू नेतृत्वमा बनेको सरकारले महत्त्वपूर्ण काम, उपलब्धि र नीतिगत सुधारका काम गरेको दाबी गरेका छन् ।

"प्रधानमन्त्रीले शपथ ग्रहण गरेकै दिन (असार ३१ गते) मन्त्रिपरिषद्लाई पूर्णता दिएर हामीले सत्ता सहयात्रीहरूबीच रहेको बलियो विश्वास, समझदारी र जिम्मेवारीबोधलाई प्रदर्शित गरेका छौँ । दुई दल बिच भएको सात बुँदे सहमतिलाई प्रभावकारी कार्यान्वयन गर्न र दुई दलबीच दिगो विश्वासको वातावरण निर्माण गर्न प्रधानमन्त्रीका तर्फबाट उक्त सहमति औपचारिक रूपमा सदनमा प्रस्तुत गरिएको छ र त्यो अभिलिखित भएको छ," उनले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, "दलहरूबीच सहमति हुने, तर त्यसको आफूखुसी व्याख्या गर्दै दाउपेच र निजी स्वार्थमा दुरुपयोग गर्ने गलत परम्परालाई तोड्ने र राजनीतिलाई पारस्परिक विश्वास, पारदर्शिता र इमानको जगमा सञ्चालन गर्ने सन्दर्भमा यो सांकेतिक तर महत्त्वपूर्ण पाइला हो ।"

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro