site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफैँले स्वीकार गरेको एक चीन नीतिविपरीत अमेरिका : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिका आफैँले स्वीकार गरेको एक चीन नीतिविपरीत गएको आरोप लगाएका छन् । आइतबारदेखि च्यासलमा सुरु पार्टीको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

“विगतमा आफैँले स्वीकारेको एक चीन नीतिको मान्यताविपरीत ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको छ,” ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

एसिया प्रशान्त क्षेत्रमा तनाव बढाउने, सैन्यशक्ति केन्द्रीकृत र ध्रुवीकरण गर्ने कुनै पनि कदम विश्वशान्ति र क्षेत्रीय स्थायित्वका निम्ति हानिकारक भएको उनले जनाएका छन् । “त्यस्ता क्रियाकलापहरू तत्काल बन्द गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ,” उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro