site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुम्लाको –३.१, काठमाडौंको न्यूनतम तापक्रम ७.२ (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानको न्यूनतम तापक्रम शनिबार (हिजो)को तुलनामा आइतबार (आज) बढेको छ । केही स्थानको तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाको विवरणमा देखिन्छ ।

आइतबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । सोही समयमा शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो । शुक्रबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार बिहान सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३.१ डिग्री सेल्सियस छ । शनिबार जुम्लाको न्यूनतम तापक्रम –२.० डिग्री सेल्सियस थियो । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम –२.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

आइतबार ताप्लेजुङको न्यूनतम तापक्रम ५.९, वीरेन्द्रनगरको ६.०, दिपायलको ७.३, ओखलढुंगाको ८.१, धनकुटाको ८.४, पोखराको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

आइतबार, शनिबार र शुक्रबारको तापक्रमको विवरण हेर्नोस्–

j5-1736054371.jpgj4-1736054384.jpgj3-1736054396.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro