site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशको नेतृत्व गर्ने विप्लवको चाहना (भिडियो)

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा उनले जनताको सेवाका निम्ति नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

“एकचोटि यो देशको नेतृत्व नेकपाले गर्न चाहन्छ, हामी गर्न चाहन्छौँ,” उनले भने, “सुविधाको लागि होइन ।”

उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।

Dabur Nepal
NIC Asia

क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने उनले बताए । देशको नेतृत्वमा पुग्ने गरी सबैबीच ध्रुवीकरण हुने उनले उल्लेख गरे ।

उनले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रूपान्तरणतर्फ लैजाने बताए ।

ठूला भनिएका दलहरूभित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको उनको भनाइ छ । तर, उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको विप्लवले धारणा व्यक्त गरे । 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro