site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने 

काठमाडौं । सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ ।
    
रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्यालले पाएका छन् । रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायत मुद्दा लागेपछि उनले अर्याललाई कार्यबाहक सभापति बनाएका हुन् ।  

कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यतालिका छ । 

बैठकमा शनिबार स्थानीय तह उपनिर्वाचनको समीक्षा, समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, पार्टीको संगठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा पनि आजै छलफल हुनेछ । बैठकको दोस्रो दिन आइत्बार भने संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ । 

रास्वपाको जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाबारे यस बैठकमा छलफल हुने बताइएको छ ।
 
आइतबारकोे बैठकले केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा गर्नेछ ।     

रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro