site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुख्यसचिव र सचिवको सेवा अवधि घटाउन आयोगको प्रस्ताव

काठमाडौं । लोकसेवा आयोगले मुख्यसचिव र सचिवको सेवा अवधि घटाउने प्रस्ताव गरेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगले मुख्यसचिवको पदावधि दुई वर्ष बनाउनुपर्ने प्रस्ताव गरेको हो ।

“मुख्य सचिवको सेवा अवधि दुई वर्ष, सचिवको तीन वर्ष र १३औँ तहको अतिरिक्त सचिवको चार वर्ष सेवा अवधि राख्न उपयुक्त हुन्छ,” आयोगका अध्यक्ष माधव रेग्मीले भने ।

Dabur Nepal
NIC Asia

हाल मुख्य सचिवको अवधि तीन वर्ष र सचिवको अवधि पाँच वर्षको छ । राज्यव्यवस्था समितिमा छलफल भइरहेको निजामती विधेयकमा पनि मुख्यसचिवको तीन र सचिवको उमेर पाँच वर्ष रहने उल्लेख छ । आयोगको प्रस्ताव लागु भएमा मुख्यसचिव र सचिवको सेवा अवधि घट्नेछ ।

आयोगले एउटै मन्त्रालयमा दुईजना सचिव रहने व्यवस्था हटाई कार्यालयको कार्यबोझको आधारमा कार्यविवरण स्पष्ट गरिगराई सो अनुरुप आवश्यकताअनुसार मन्त्रालय र विभागहरूमा १३औँ तहका अतिरिक्त सचिवको व्यवस्था गरिनुपर्ने जनाएको छ । कार्यालय/निकायमा हुने कार्यचाप बमोजिम अतिरिक्त सचिवको व्यवस्था गर्न उचित देखिएको आयोगले जनाएको छ ।

राजपत्रांकित विशिष्ट श्रेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरवलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७८ ले समेत अतिरिक्त सचिव (विशिष्ट श्रेणी) हुनुपर्ने भनि सिफारिस गरेको आयोगको प्रस्तावमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro