site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनावश्यक शुल्क लिने स्वास्थ्य संंस्थासँग बिमा बोर्डले सम्झौता खारेज गर्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले सुविधा थैलीमा तोकिएकोभन्दा बढी शुल्क लिने स्वास्थ्य संस्थासँग सम्झौता खारेज गर्ने चेतावनी दिएको छ । बोर्डले बिमितबाट अनावश्यक शुल्क लिएको गुनासोका आधारमा यस्तो चेतावनी दिएको हो ।

सेवा प्रदायकहरूले अनावश्यक नगद लिने, प्याकेज दाबी गर्दा त्यसमा पर्ने औषधि तथा औषधिजन्य सामग्री किन्न लगाउने जस्ता क्रियाकलाप गरेको लगायतका उजुरी बोर्डमा परेका छन् ।

"स्थलगत अनुगमनका क्रममा नियमविपरीत कार्य गरेको प्रमाणित भए सम्झौता खारेज हुनेछ, बोर्डद्वारा जारी पत्रमा भनिएको छ ।

साथै सुविधा थैली बाहिर गरेका दाबीहरू आईएमआएसमार्फत् नै अस्वीकृत हुने पनि बोर्डले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro