site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वतारोही शेर्पालाई काठमाडौंमा भव्य स्वागत 

काठमाडौं । कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरी स्वदेश फर्किएका कीर्तिमानी पर्वतारोही शेर्पालाई शुक्रबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन् । स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महसुस भएको बताए । 

उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कार नेपालमा भित्र्याउन पाए थप खुसी महसुस हुने उल्लेख गरे । त्रिभुवन विमानस्थलमा स्वागत गरेर शेर्पालाई नगर परिक्रमा गराइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro