site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँ : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको बताए ।  

अध्यक्ष प्रचण्डले पछिल्लो कार्यकालमा भ्रष्टाचार र सामाजिक विभेदविरुद्ध तथा सुशासनको पक्षमा इमान्दारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको जिकिर गरे । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्नेमा आफू सहमत रहेको बताए । 

“एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरा पनि साँचो हो । तर, जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ,” उनले भने, “सदनमा प्रश्न उठेका छन्, गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् । इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । यसका लागि सहमति हुनुपर्छ ।” —न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro