site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश नम्बर ५ लाई अपराधमुक्त बनाउने प्रहरी अठोट, एआईजी पुडासैनी भन्छन्— भ्रष्ट कर्मचारीलाई छाड्दैनौं

काठमाडौं । प्रदेश नम्बर ५ लाई अपराधमुक्त गर्न विषेश कार्ययोजनाका साथ अघि बढेको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यसका लागि प्रदेश नम्बर ५ का प्रहरी प्रमुख एआईजी मधु पुडासैनीले मातहतका प्रहरी कार्यालयदेखि सीमा क्षेत्रमा अनुगमन बढाएका छन् ।

७ बुँदे कार्यायोजना बनाएर त्यसको कार्यान्यवयन गर्न पनि उनले मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । “प्रदेश नम्बर ५ लाई अपराधमुक्त क्षेत्र घोषणा गर्न हामी कार्ययोजनासहित अघि बढेका छौं । त्यसका लागि प्रहरीमात्र लागेर हुँदैन, समाजका विभिन्न वर्ग तथा सम्बन्धित निकायसँग सहकार्य गर्छौं,” बाह्रखरीसँग कुरा गर्दै एआईजी पुडासैनीले भने, “गुण्डागर्दीदेखि लागु औषध तथा सीमा क्षेत्रमा हुने विभिन्न तस्करीलगायत  अपराध रोकथाम गर्न विषेश टोली गठन गरेर परिचालन गरेका छाैं । केही समयमै राम्रो परिणाम निस्कनेछ, प्रभाव पर्न थालिसकेको छ ।”

५ नम्बर प्रदेशमा पर्ने सबै प्रहरी कार्यालयहरुको निरीक्षणपछि एआईजी पुडासैनीको अग्रसरतामा प्रहरीले ७ बुँदे कार्ययोजना अघि बढाएको छ । प्रहरी सेवाको प्रभावकारी प्रवाहका साथै वैज्ञानिक तरिकाले जनशक्ति परिचालन गर्न कार्यविधि नै बनाएर अघि बढेको एआईजी पुडासैनीले बताए ।

त्यसैगरी विभिन्न स्थानमा सीसीटिभी जडान तथा सरोकारवालासँग सूचना साझेदारीमा पनि प्रहरीले विषेश कदम चालेको उनले जानकारी दिए । “५ नम्बर प्रदेशलाई अपराधमुक्त बनाएरै छाड्ने हेतुले प्रहरी परिचालन भएको छ । हामीले त्यसका लागि भएका स्रोतसाधनलाई प्रभावकारी ढंगले परिचालन थालेका छौं,” उनले भने । 

भ्रष्ट प्रहरी कर्मचारीले पनि कारबाही भोग्ने भन्दै एआईजी पुडासैनी भन्छन्, “सीमा र विभिन्न भन्सारमा रहेका प्रहरी कर्मचारीले तस्करसँग साँठगाँठ गरेको छिसिक्कमात्र थाहा भए कसैले बचाउने छैन । पहिल्यै ध्यान दिए हुन्छ, त्यसका लागि पनि एक विषेश टोली परिचालन छ,” उनले चेतावनी दिए ।

उनका अनुसार नेपालगञ्जलगायत भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा विषेश टोली परिचालन गरिएको छ । त्यसैगरी लागु औषध तथा हातहतियार ओसारपसार र प्रयोगमा पनि प्रहरीले विषेश ध्यान दिने उनले बताए ।

“लागु औषधको कारोबारलाई रोकथाम गर्ने मात्र हैन, पूरै निर्मूल पार्ने हाम्रो अभियान छ । त्यसमा आम नागरिकको पनि साथ चाहिन्छ,” उनले भने । प्रदेश प्रहरीले भीआईपी सुरक्षालाई पनि उत्तिकै चासोका साथ हेरेको र टोले दादादेखि गुण्डागर्दी नियन्त्रण गर्न पनि विषेश टोली परिचालन गरेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro