site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालगायक परियारको निधनमा प्रधानमन्त्रीद्वारा शोक व्यक्त, सञ्जालमा सरकारलाई नै गाली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनले आफू दुःखी भएको बताएका छन् । बिहीबार बालगायक परियारको उपचारका क्रममा निधन भएको थियो । 

सो खबरले आफू धेरै दुःखी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्,‘‘एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ ।’’ 

बालगायक सचिनलाई उनले श्रद्धाञ्जली पनि दिएका छन् । प्रधानमन्त्रीले लेखेको उक्त स्टाटसमा १५ घन्टामा झन्डै आठ हजारजनाले टिप्पणी गरेका छन् । उनीहरूमध्ये अधिकांशले परियारको निधनमा सरकार पनि जिम्मेवार रहेको आरोप लगाएका छन् । 

तिनैमध्येका एक सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन श्रेष्ठ लेख्छन्,‘‘सचिनको अभिभावक र विगतदेखि यो देश चलाउने अभिभावक एउटै भए ! हार्दिक श्रद्धाञ्जली बाबु तिम्रो आत्माले शान्ति पाओस् ।’’   

अर्का प्रयोगकर्ता सरोज केसी लेख्छन्, ‘‘जीवित रहुन्जेल चिनिएन, चासो भएन, मरिसकेपछि फेसबुकमा श्रद्धमञ्जली अनि तारिफ ! यो प्रवृत्ति कहिले हट्छ प्रधानमन्त्रीज्यू ?’’ 

कतिपयले भने उनका जन्मदाता नै जिम्मेवार नहुँदा बालगायकले अल्पायुमा ज्यान गुुमाउनुपरेको उल्लेख गरेका छन् । मैनाली कल्याण लेख्छन्, ‘‘जन्मदाता नै कुलंगार भए र तिमीलाई प्रयोग मात्रै गरेर आफू मस्त हुनेको जमातको कारण तिम्रो ज्यानै गयो, हार्दिक श्रद्धाञ्जली सचिन भाइ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro