site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जितपछि मुख्य प्रशिक्षक ठगुन्ना भन्छन्– आर्मी उपाधि दाबेदार टोली हो

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा वाग्मती युवा क्लबविरुद्ध २–० को जित निकालेपछि विभागीय टिम त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक कृष्णसिंह ठगुन्नाले टोलीको लक्ष्य उपाधि रहेको बताएका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा आर्मीलाई जित दिलाउन दुवै गोल विमला चौधरीले गरेकी थिइन् । खेलपछि उनले आफ्नो टोलीले प्रशिक्षणबाहेक खेल समय नपाएकाले पहिलो खेल आशाअनुरुप हुन नसकेको जनाए ।

“हामीले विश्वकपमा पनि पहिलो खेलमा अर्जेन्टिनाले साउदीसँग हारेको देख्यौँ । हाम्रो पनि यो पहिलो खेल हो । खेल नभए पनि हामी विभागीय टिम भएकाले प्रशिक्षण नियमित हुन्छ । तर, प्रशिक्षणमात्रै भयो, गेम टाइम पाउन सकेनौँ,” प्रशिक्षक ठगुन्नाले भने, “प्रतियोगितामा हामीसँगै अरु दुई विभागीय टोली पनि बलिया छन् । तर, हाम्रो टिम प्रतियोगिताको दाबेदार हो । हाम्रो लक्ष्य उपाधि हो ।”

आर्मीले लिग चरणको पहिलो चरणमा दोस्रो स्थान सुनिश्चित गर्दै दोस्रो चरणको यात्रा तय गरेको हो ।

वाग्मती शीर्ष पाँचमा नपरे पनि दोस्रो चरणमा मौका पाउने टोली हो । यसअघि पहिलो चरणमा कोसी प्रदेशले शीर्ष पाँचमा स्थान पक्का गरेको थियो । तर, आर्थिक संकट देखाउँदै कोसीले नाम फिर्ता लिएपछि छैटौँ भएको वाग्मतीले अवसर पाएको हो ।

लिगको दोस्रो चरणमा पाँच टोली छनोट भएका छन् । यसअघि पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro