site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मतीका सहायक प्रशिक्षक लामा भन्छन्– लिग जित्न नसक्ने भएकाले विदेशी खेलाडी ल्याएनौँ

काठमाडौं । वाग्मती युवा क्लबका सहायक प्रशिक्षक सोनम लामाले आफ्नो टोलीले उपाधि जित्ने सम्भावना कमजोर रहेका कारण राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विदेशी खेलाडी नभित्र्याएको बताएका छन् ।

प्रशिक्षक लामाले बिहीबार दोस्रो चरणको पहिलो खेलमा विभागीय टोली आर्मीसँग पराजित भएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

Dabur Nepal
NIC Asia

“दोस्रो चरणमा तीन वटा विभागीय टोली बलिया छन् । चारजना विदेशी खेलाडी ल्याए पनि वाग्मतीले उपाधि जित्न सक्दैन । त्यसैले विदेशी खेलाडीभन्दा आफ्नै खेलाडीलाई प्राथमिकतामा राख्यौँ,” प्रशिक्षक लामाले भने, “तर, पनि हामीले प्रतियोगिताको शीर्ष चारसम्म पुग्ने लक्ष्य राखेका छौँ । त्यसैअनुसारको तयारी पनि गरेका छौँ ।”

दोस्रो चरणको पहिलो खेलमा आर्मीले सर्लाहीको वाग्मती क्लबविरुद्ध २–० को जित निकालेको थियो । आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् ।

वाग्मती शीर्ष पाँचमा नपरे पनि दोस्रो चरणमा मौका पाउने टोली हो । यसअघि पहिलो चरणमा कोसी प्रदेशले शीर्ष पाँचमा स्थान पक्का गरेको थियो । तर, आर्थिक संकट देखाउँदै कोसीले नाम फिर्ता लिएपछि छैटौँ भएको वाग्मतीले अवसर पाएको हो ।

लिगको दोस्रो चरणमा पाँच टोली छनोट भएका छन् । यसअघि पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro