site stats
बाह्रखरी :: Baahrakhari
कला
‘लाज शरणम्’को पोस्टरमा कमेडी र कथा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज चलचित्रका तीनवटा पोस्टर सार्वजनिक गरेको हो । 

पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिनभित्रबाट उनीहरू आश्चर्य र रमाइलो मिश्रित भावमा बाहिर हेरिरहेका छन् । 

Argakhachi Cement Island Ad

दोस्रो पोस्टरमा कफिनमाथि उभिएर हातमा तराजु बोकेर एक व्यक्ति उभिएका छन् । तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको छ । सुनको विष्कुट तौल यार्साको भन्दा भारी देखाइएको छ । उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । तराजु बोक्ने कलाकार को हो भन्ने चिनिँदैन । 

अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाइएको छ । 

पोस्टरले ‘लाज शरणम्’ले गम्भीर विषयलाई रमाइलो तरिकाले कथा भन्ने अनुमान लगायन सकिन्छ । 

चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदै छ । यो चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका छन् । 

चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बूसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । 

चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र श्रीर्जना खड्का सह–निर्माता छन् ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्