site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीमाथि भीम रावलका आरोपैआरोप, ७४ बुँदे प्रश्न (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भएका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । बुधबार कार्की व्यंक्वेटमा पत्रकार सम्मेलन गरी उनले ओलीमाथि आरोपको वर्षा गरेका हुन् । 

उनले ३१ बुँदे दस्तावेजमा ७४ बुँदामा प्रश्न ओलीलाई प्रश्न सोधेका छन् । एमालेबाट निकालिएपछि रावलले अब मातृभूमि जागरण अभियान चलाउने घोषणा पनि गरेका छन् । 

उनले एमालेमा ५ दशक लामो संगठित सदस्यता खोसेपछि नयाँ बाटो खोज्न बाध्य भएको पनि बताएका छन् । 

पत्रकार सम्मेलनमार्फत नयाँ पार्टीको घोषणा गर्ने चर्चा  थियो । तर, उनले नयाँ पार्टीको घोषणा गरेनन् । यद्यपि, रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । उनले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् ।

"देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ," उनले भनेका छन् ।

देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

"राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अबलम्वन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ," उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, "यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन् ।"

रावलले केपी ओलीलाई प्रश्न गर्दा अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीमाथि गम्भीर प्रश्न उठाएका छन् । ओलीकै निर्देशनमा अख्तियारले उनीहरूमाथि मुद्दा नचलाएको ओलीको छ । “ललिता निवासको जग्गा अवैधरूपमा लिएका पार्टीका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले फिर्ता गर्छु भनेको भन्दै अख्तियारले मुद्दा नचलाएको तपाईं (केपी शर्मा ओली)कै निर्देशनमा भएको होइन र ?,” रावलले भने, “कसैले चोरेको सामान फिर्ता गर्छु भन्दैमा चोरीमा कारबाही नहुने कानुन छ र ?”

उनले ओलीले न्यायालयदेखि राज्य सत्ताका सबै कुराको दुरुपयोग गरेको आरोप लगाए ।

नेता रावलले आफूले पार्टी छाडेको भनेर प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए । एमाले महासचिव शंकर पोखरेलले आफूलाई पार्टी छाडेको भनेर भ्रम छरेको उनको भनाइ छ ।

रावलले भनेका छन्, "यही पुस १० गते सचिवालयको बैठकबाट मलाई पार्टी सदस्यबाट निष्कासित गर्ने र त्यसबारे पार्टीका उपमहासचिवले सञ्चारकर्मीलाई जानकारी गराउने तर निर्णय भएको दुई दिन पछि महासचिवले 'भीम रावललाई हामीले निकालेका होइनौँ आफैँ छोडेर गएको हो' भनी सार्वजनिक अभिव्यक्ति दिनुले झुटा र भ्रमको आधारमा चल्ने चरित्रको थप पर्दाफास हुँदैन र ?"

उनले पोखरेललाई अगाडि सोधेका छन्,  "कि यस्तो बोल्ने कुबुद्धि पनि यान्त्रिक बौद्धिकता (एआई) ले दिएको हो ?"

यस्ता छन् उनका आरोप पूर्णपाठ पढ्नुहोस्

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro