site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोही सशंकित हुनुपर्दैन : मन्त्री पाण्डे
Tiktok banner adTiktok banner ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोही पनि सशंकित हुन नपर्ने बताएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औँ वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थित गर्नका साथै नेपालको हवाई क्षेत्रलाई विश्वसनीय बनाउन आवश्यक ऐन–कानुन बनाउन लागेको भन्दै यसमा कोही पनि सशंकित हुनु नपर्ने बताए । 

ऐनअनुसार बनेका निकायलाई आत्मनिर्भर भएर त्यस क्षेत्रमा सबल बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । मन्त्री पाण्डेले विमानस्थलका विषयमा आएका सुझाव, गुनासो लगायत सम्बोधन गर्ने काम प्राधिकरणको रहेको भन्दै सबै अभिभारा पूरा गर्नका लागि सक्षम हुनुपर्ने बताए । 

विकट स्थानमा नियमित उडानका लागि निगमको विमान पर्याप्त नरहेकाले त्यस विषयमा पनि मन्त्रालयले आवश्यक योजना बनाइरहेको उनले बताए । अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरूसँगको सहकार्य, नियमन र नेपालको कानुनअनुसार चल्ने वातावरण बनाउने कोसिस भइरहेको उनले जानकारी गराए । 

त्यस्तै, प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले हवाई उडानको अधिकार प्राधिकरणलाई मात्रै रहेकाले स्थानीय तह, राष्ट्रिय निकुञ्जले उडान र अवतरणमा समस्या सिर्जना गर्न खोजेको गुनासो गरे । उनले प्राधिकरणले केही राम्रो गर्न खोजेको भन्दै राम्रो काममा सबैले साथ दिनुपर्ने बताए । अधिकारीले काठमाडौंको त्रिभुवन विमानस्थलको क्षमता बढाउनका लागि विस्तारको काम भइरहेको जानकारी दिए । 

त्यस्तै, वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उनले सन् २०२४ को नोभेम्बरसम्म देशका विभिन्न विमानस्थलमार्फत ४४ लाख ४९ हजार भन्दा बढीले अन्तराष्ट्रिय यात्रा गरेको बताए । 

त्यस्तै, आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजारले यात्रा गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष हवाई यात्रा गर्नेको संख्यामा वृद्धि भएको प्राधिकरणले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro