site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ । योसँगै अब वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव हुने भएको छ ।

यसअघि, यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

"यस्तो परीक्षण पहिलोपटक सम्भव भएको हो," उनले भने, "अब देशबाहिर नमुना पठाउनुपर्दैन," उनले भने ।

यसअघि, स्तन क्यान्सर आफन्त वा नातेदारमा भए/नभएको पत्ता लगाउन यस्तो परीक्षणका लागि नमुना भारत तथा अन्य देशमा पठाउनुपर्ने बाध्यता थियो ।

यस्तो परीक्षणले वंशाणुगत कारणले हुने स्तन क्यान्सर हुने सम्भावना कुनै व्यक्ति तथा उनको परिवारमा भए नभएको पत्ता लगाउनेछ । सोही आधारमा प्रारम्भिक चरणमै उपचार गर्न सकिएमा स्तन क्यान्सरबाट व्यक्तिका परिवारलाई जोगाउन सकिने चिकित्सकहरूको भनाइ छ ।

बाहिर पठाउँदा समय पनि बढी लाग्ने र शुल्क पनि बढी तिर्नुपर्ने समस्या कम हुने भट्टले जानकारी दिए ।

भारतमा स्तन क्यान्सरको वंशाणुगत नमुना परीक्षणका लागि ६० हजार रुपैयाँसम्म पर्ने गरेको छ । नमुना पठाउन लाग्ने समय पनि बढी लाग्ने गरेको क्यान्सर अस्पतालका चिकित्सक बताउँछन् । तर, अब प्रयोगशालाले ३० हजार रुपैयाँभित्रै परीक्षण गर्नेछ ।

नेपालमा वर्षमा करिब दुई हजार जनाले स्तन क्यान्सरको वंशाणुगत परीक्षण गराउँदै आएका छ्न् । यस आधारमा करिब १२ करोड विदेशिनबाट जोगिने देखिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro