site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्टरले शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गर्नुभएको थियो : सभामुख
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले अमेरिकाका ३९औँ राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरको निधनले स्तब्ध बनाएको बताएका छन् । घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् । 

कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार तथा गरिबी निवारणका क्षेत्रमा पुर्‍याएको योगदान प्रेरणादायी रहने विज्ञप्तिमा उल्लेख छ । 

“कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पुर्‍याउनुभएको योगदान सधैँ प्रेरणादायी रहनेछ । नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो,” विज्ञप्तिमा भनिएको छ, “कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवर्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गर्नुएको थियो ।”

कार्टरको १०० वर्षको उमेरमा आइतबार अमेरिकाको जर्जियामा निधन भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro