site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच खेलपछि सिटीको जित 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले पाँच खेलपछि जित निकालेको छ । सिटीले आइतबार राति लेस्टर सिटीलाई उसैको मैदानमा २–० ले पराजित गरेको हो । सिटीले पछिल्लो १४ खेलमा निकालेको यो दोस्रो जित हो ।

सिटीलाई जित दिलाउन साभिन्हो र एर्लिङ हालान्डले गोल गरे । सिटीले पहिलो हाफ र दोस्रो हाफमा समान एक गोल गरेको हो ।

खेलको २१औँ मिनेटमा साभिन्होले गोल गरेपछि सिटीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ७४औँ मिनेटमा हाल्यान्डले गोल गरेपछि सिटीले अग्रता दोब्बर बनायो ।

जितसँगै १९ खेलबाट ३१ अंक जोडेको सिटी तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । सिटीले प्रिमियर लिगका नौ खेलमा जित, चारमा बराबरी र ६ हारको नतिजा आत्मसात् गरेको छ ।

सिटीले सबैखाले प्रतियोगिताका पछिल्लो १४ खेलमध्ये भने नौमा हार, तीन बराबरी र दुईमा जित निकालेको छ ।

रेलिगेसन क्षेत्रमा रहेको लेस्टरको १९ खेलबाट १४ अंक छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro