site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो टेस्टमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाको कठिन जित

काठमाडौं । पाहुना टिम पाकिस्तानविरुद्धको टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिका दुई विकेटले विजयी भएको छ ।

डिसेम्बर २६ देखि सुरु भएको टेस्टको पहिलो इनिङमा पाकिस्तानले २११ रन बनाएको थियो । पहिलो इनिङमा घरेलु टिम दक्षिण अफ्रिकाले ३०१ रन बनाउँदै ९० रनको अग्रता बनाएको थियो ।

दोस्रो इनिङमा पाकिस्तानले सबै विकेट गुमाएर २३७ रनमात्र बनाउँदा पाहुना टिमले १४७ रनको मात्रै अग्रता बनाएको थियो । १४८ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर १५० रन बनाउँदै शृंखलाको पहिलो खेल दुई विकेटले जितेको हो ।

पहिलो टेस्टमा दुवै टिमका कुनै पनि ब्याटर शतकसम्म पुग्न सकेनन् । पहिलो खेलको पहिलो इनिङमा पाकिस्तानका कम्रन घुलमले ५४ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका डेन पिटरसनले पाँच र कोर्बिन बोस्कले चार विकेट लिएका थिए ।

दोस्रो इनिङमा पाकिस्तानका साउद सकिलले ८४ र बाबर आजमले ५० रन बनाए ।

दक्षिण अफ्रिकाका मार्को जान्सेनले ६ विकेट लिए । १४ ओभर बलिङ गरेका जान्सेनले तीन मेडन फ्याक्दै ५२ रन खर्चिए ।

ब्याटिङमा दक्षिण अफ्रिकाबाट पहिलो इनिङमा ओपनर आइदेन मार्करमले ८९ र कोर्बिन बोस्कले ८१ रन बनाएका थिए ।

पाकिस्तानका खुरम सहजाद र नसिम साहले समान तीन विकेट लिएका थिए ।

दोस्रो इनिङमा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बवुमाले सर्वाधिक ४० रन बनाए ।

पाकिस्तानका मोहम्मद अब्बासले ६ विकेट लिए पनि टिमको हार टार्न सकेनन् ।

शृंखलाको दोस्रो तथा अन्तिम टेस्ट जनवरी ३ देखि सुरु हुनेछ । यसअघि यी दुई टिमबीच भएको दुई खेलको ट्वान्टी–२० शृंखलामा पाकिस्तानले ‘क्लिन स्विप’ गरेको थियो ।

यस्तै, तीन खेलको एकदिवसीय शृंखलामा पनि पाकिस्तानले ‘ह्वाइट वास’ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  २०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro