site stats
बाह्रखरी :: Baahrakhari
देश
एनसेलविरुद्ध सांसद सिंहको रिट खारेज (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज गरेको छ । 

सर्वोच्चले प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) र कानुनको पालना गर्न एनसेललाई निर्देशनात्मक आदेश जारी गरेको छ।

Argakhachi Cement Island Ad

स्वतन्त्र सांसद सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा एनसेल आजियाटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए ।

नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको दाबी गर्दै उक्त कारोबारलाई मान्यता नदिन उनले माग गरेका थिए । 

सर्वोच्च अदालतले यसअघि पुस ३ मा एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०६:०९
प्रतिक्रिया दिनुहोस्