देश
काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ४.५ डिग्री सेल्सियस छ ।
“बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । ८ : ४५ मा यो केही घट्ने सम्भावना छ,” मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीसँग भनिन्, “दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।”
काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।
“आज वर्षाको सम्भावना छैन । मौसम सफा नै रहनेछ,” उनले अगाडि थपिन्, “भोलिबाट मौसममा केही परिवर्तन हुनेछ । शुक्रबारबाट बादल र वर्षा गराउने प्रणाली विकास हुँदै छ ।”
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ ०६:२९
प्रतिक्रिया दिनुहोस्