site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने स्पष्ट पारेका छन् । 

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्‍यो भन्नु गलत भएको उनको भनाइ छ ।

गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानुनी भएको उनले बताए । 

सरकारका प्रवक्ता समेत रहेका गुरुङले सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए । त्यस्तै, उनले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा राखे । 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro