site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी सांसदले मागे लेखा समिति सभापतिको राजीनामा 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । साेमबार सार्वजनिक लेखा समितिकाे बैठकमा बाेल्दै सांसद माेदीले स्ताे माग गरेका हुन् ।
  
सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । ‘‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ । तपाईं माथि प्रश्न उठेको छ,’’ उनले भने, ‘‘समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ ।’’
 
सार्वजनिक लेखा समिति चेक एण्ड ब्यालेन्समा चल्नुपर्ने उनको माग छ । ‘‘सरकारको छाया लेखा समिति त होइन ? भन्ने प्रश्न उठेको छ,’’ उनले थपे, ''तपाईंको परिवार, तपाईंमाथि प्रश्न उठेको छ । मार्गप्रशस्त गरेको नै राम्रो हो ।’’

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro