site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा इजरायली हवाई आक्रमणमा मेयरसहित २२ जनाको मृत्यु 

काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासका अनुसार, २२ मध्ये ज्यान गुमाउनेमा एकजना मध्य गाजाको देर अल–बालाह सहरका मेयर हुन् । यहाँ १३ जनाको मृत्यु भइसकेको छ । गाजाको एक विद्यालयमा सातजनाको मृत्यु भएको छ ।

हमासले विद्यालयलाई आफ्नो आधारका रूपमा प्रयोग गरिरहेको इजरायलको आरोप छ । तर, हमासले यसलाई धेरैपटक अस्वीकार गरेको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो ।

गत वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा १२ सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थालेको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, त्यसयता इजरायलको आक्रमणमा परी गाजामा ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro