site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
‘वित्त क्षेत्र साइबर आक्रमणको बढी जोखिममा’

काठमाडौं । नेपालको वित्त क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी विज्ञले यस्तो बताएका हुन् ।

कार्यक्रममा साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोखरेलले प्रविधिको विकासले जनजीवन सहज भए पनि पर्याप्त सतर्कता नअपनाउँदा साइबर आक्रमणमा नेपालको स्थिति जोखिमपूर्ण रहेको बताए ।

नेपालमा साइबर सुरक्षाका बारेमा जानकारी कम भएको र विभिन्न माध्यमबाट ‘स्क्याम’ भइरहेको उनले उल्लेख गरे ।

बिजसर्भ आईटीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रभात पोखरेलले नेपालमा साइबर आक्रमणको दर बढ्दो भएको बताए । यसको सुरक्षाका विषयमा विद्यालयस्तरबाटै सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।

नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु, ई–कमर्स फस्टाउनुसँगै ती क्षेत्र अपराधीको निसाना बन्दा जोखिम र चुनौती पनि थपिँदै गएको उनले बताए । साइबर आक्रमणका अधिकांश घटना विकसित मुलुकमा हुने गरेको र त्यसको कारण डेटामा पहुँच पुर्‍याउनु रहेको उनको भनाइ थियो ।

विश्वमा सैन्य, वित्त र व्यापारिक क्षेत्रमा साइबार आक्रमण बढी हुने गरेको उनले उल्लेख गरे । यसबाट नेपालमा भने बैंकिङ क्षेत्र र ई–कमर्स बढी जोखिममा रहेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro