site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविता : जीविका गाथा

कहिले जीवन चार्वाक त
कहिले हुन्छ जडवादी,
कहिले झर्छ निर्झर बनी
कहिले बग्छ बाँध नाघी ।

कहिले नाच्दछ मुजुराको तालमा
कहिले हुन्छ भेलमा,
चाहेजस्तो कसको छ र ?
कहिले मस्त मेलमा ।

जसको जस्तो भोगाइ हुन्छ
उस्तैउस्तै छ परिभाषा,
धैर्य नै बलियो सूत्र
जति भए पनि अभिलाषा ।

पियौँ पियौँ खुब पियौँ
लागेजति इच्छा,
ज्ञानको सीमा भेटिँदैन कतै
जति मागे पनि भिक्षा ।

मेरै ठिक मेरै राम्रो
भएको छ कतै लोकमा ?
जेजे अन्न भए पनि
मिठो हुन्छ भोकमा ।

मन्द मुस्कान, मिठो बोली
राम्रो सधैँ भए पनि पीर,
नयन सबै एकै तर 
आँसु पुछ्ने हुन्छ मीर ।

सेतो कागज जिन्दगीमा
कोरेँ सिधा धर्सो,
जस्तो आकार बनोस् सही
दीर्घ होस् वा ह्रस्व ।

(अस्ट्रेलिया)

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्