site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुबई पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वैदेशिक रोजगारमा दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–६ मा बस्दै आएका ४६ वर्षीय मन्जित चित्रकार छन् ।

आकर्षक तलबको प्रलोभनमा पारी मन्जितले दुबई पठाइदिने भन्दै एक व्यक्तिबाट चार लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । बिहीबार (हिजो) उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं–१२ बाट पक्राउ गरेको हो । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro