site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालमा लगानीको अनुकूल वातावरण सिर्जना हुँदै छ : अर्थमन्त्री पौडेल

काठमाडौं‌ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गरेका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्दै उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको बताए । 

अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भइनसकेको अर्थमन्त्री पौडेलले जिकिर गरे । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ । 

अहिले बैंकहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि उनले बताए । सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको भन्दै मन्त्री पौडेलले छलफल निष्कर्षोन्मुख रहेको दाबी गरे । 

बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या कायमै रहेकाले यसलाई समाधान गर्न निरन्तर क्रियाशीलता जरुरी रहेको औँल्याए । विदेशी सहयोगमा ऋणको अनुभव निकै तितो रहेकाले अब अनुदान सहयोगमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । उनले परिणाम नदिने आयोजनामा ऋण लिने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गरे । 

त्यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले पुँजीगत खर्च बढाउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने सुझाब दिए । नयाँ चरणको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने उनले बताए । 

मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यावहारिक समस्या र समाधानका उपाय सम्बन्धमा समितिले अर्थ मन्त्रालयसँग छलफल गरेको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro