site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल : लुम्बिनीलाई काठमाडौंको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज हुने दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजले चुनौती प्रस्तुत गर्दै छ ।

प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार बेहोरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ ।

Dabur Nepal
NIC Asia

आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको लुम्बिनीले त्यसअघिका चार खेलमा भने लगातार हार बेहोरेको थियो ।

लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेटको, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेटको, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको साँघुरो हार बेहोरेको थियो ।

यता, काठमाडौं भने आजको खेलमा जितसहित आफ्नो प्लेअफ सम्भावनालाई कायम राख्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा तीन खेल मात्र खेलेको काठमाडौंले यसक्रममा दुई हार र एक जितको नतिजा निकालेको छ ।

काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro