site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढुवा भएको एक हप्ता पुग्दा पनि आठ डीआईजीको पदस्थापन हुन सकेन
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले आठजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई एक हप्ताअघि दर्ज्यानी चिह्न लगाइदिए । गृहमन्त्रीस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट बढुवा भएका डीआईजीलाई उनल‍े प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच मंसिर १७ गते दर्ज्यानी चिह्न लगाइदिएका थिए ।

तर, डीआईजीको दर्ज्यानी चिह्न लगाएका उनीहरूको पदस्थापन अझै हुन सकेको छैन । एसएसपीबाट ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालकुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआईजीमा बढुवा भएका थिए ।

तर, उनीहरूको पदस्थापन नहुँदा अझै एसएसपीले कमान्ड गर्ने पुरानै कार्यालयमा थन्किएका छन् । प्रहरी इतिहासमै डीआईजीको दर्ज्यानी चिह्न लगाएर पनि पदस्थापन हुन यति धेरै समय लागेको यो नै पहिलोपटक हो ।

एसएसपी दर्जाभन्दा माथिको बढुवा र सरुवाको अधिकार गृहमन्त्रालयसँग हुन्छ । बढुवा भएका डीआईजीहरू कसलाई कहाँ पदस्थापन गर्ने भन्नेबारे तीव्र दबाब आएपछि पदस्थापन नै रोकिएको केही बढुवा भएका डीआईजीहरू नै बताउँछन् ।

गृह मन्त्रालयले बढुवा भएका केही डीआईजीलाई प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिने तयारी गरेको छ । सोही कारण पदस्थापन रोकिएको हो । प्रहरी स्रोतका अनुसार, लुम्बिनी प्रदेश, कोसी र सुदूरश्चिम प्रदेश प्रहरी प्रमुखमा हाल बढुवा भएका डीआईजीलाई पठाउने तयारी गरेको छ ।

तीनवटै प्रदेशका प्रहरी प्रमुखको सरुवा अवधिसमेत एक वर्ष पुग्दै छ । उनीहरूले गएको पुसदेखि प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हालेका थिए । हाल लुम्बिनीमा डीआईजी कुवेर कठायत, कोसीमा चन्द्रकुवेर खापुङ र सुदूरपश्चिम रविन्द्र केसी प्रमुख छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro