site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेमाथि अनुसन्धानका नाममा यातना दिइयो : सांसद कार्की
तस्बिर : रासस ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले रवि लामिछानेमाथि अनुसन्धानका नाममा यातना दिएर मानवअधिकार हनन गर्ने कार्य गरिएको बताएकी छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले स्वास्थ्य अवस्थालाई ख्यान नै नगरी लामिछानेलाई मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको उल्लेख गरिन् ।

उनले आफूहरूले लामिछानेमाथिको अनुसन्धानमा प्रभाव पार्ने कार्य नगरेको जिकिर गरिन् । तर, राज्यले एकपक्षीय ढंगले लामिछानेमाथि अमानवीय व्यवहार गरेको उनले आरोप लगाइन् ।

कानुन सबैलाई समान हुनुपर्ने र मानवअधिकार उल्लंघन हुन नहुनेमा ध्यान दिनुपर्ने उनले बताइन् । यसबारे समितिले सरकारलाई आवश्यक ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिइन् ।

समिति सभापति रामहरि खतिवडाले अदालतमा प्रवेश गरेको विषयमा प्रधानमन्त्रीलाई कुनै प्रकारको निर्देशन दिन नमिल्ने बताए ।

लामिछानेमाथि सरकारले दुर्व्यवहार र मानवअधिकार समेत हनन गरेको भन्दै रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिइसकेको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro