राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार झापाको मेचीनगर इँटाभट्टानजिक रास्वपाका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध कालो झन्डा देखाएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘प्रहरी दमन मुर्दावाद’लगायत नारा लगाएका थिए ।
विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले रास्वपा झापा क्षेत्र नम्बर–४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १५:१९
प्रतिक्रिया दिनुहोस्