site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य 

काठमाडौं । ओपनर सैब जैबको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको हो ।

सुदूरपश्चिमबाट शतक बनाउन १० रनले चुकेका जैबले ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । जैबलाई १७.४ ओभरमा रेमोन सिमोन्ड्सले उन्मुक्त चन्दबाट क्याच गराए । 

जैबले अर्का ओपनर विनोद भण्डारीसँग ४९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई बलियो सुरुआत दिलाएका थिए । यस्तै, उनले दोस्रो विकेटका निम्ति ब्रान्डन म्याकमुलमसँग ५६ रनको साझेदारी गरेका थिए ।

विनोदले सुदूरपश्चिमको खातामा १७ रन थपे । रोहितकुमार पौडेलले गरेको सातौँ ओभरको तेस्रो बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले १३ बलमा दुई चौका प्रहार गरे ।

ब्रान्डन म्याकमुलमले २० बलमा एक छक्का र एक चौकासहित २३ रन बनाए । म्याकमुलमलाई १३.४ ओभरमा विवेक यादवले साद बिन जफरबाट क्याच गराएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ३९ रनमा अविजित रहे । उनले १९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रसँगै अविजित रहेका स्कट कुग्गेलिनले ११ रन थपे ।

सुदूरपश्चिमबाट पाँचौँ नम्बरमा ब्याटिङका निम्ति आएका आरिफ सेख ‘गोल्डेन डक’ भए ।

लुम्बिनीका रेमोन सिमोन्ड्सले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सिमोन्ड्सले ३२ रन खर्चिए । विवेक यादव र कप्तान रोहितकुमार पौडेलको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा दुवै टिमको आज तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । 

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro