site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघको निर्वाचन बहिष्कार गर्ने मिडिया नेपालको निर्णय  
Tiktok banner adTiktok banner ad

काठमाडौं । मिडिया नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा भाग नलिने भएको छ । महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ ।

“महासंघको घिनलाग्दो गतिविधिले धेरै अग्रज र सकृय पत्रकार महासंघको सदस्य बन्न रुचाउँदैनन्,” मिडिया नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आफ्नो पेसा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएहरूको हालिमुहाली रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ ।” 

महासंघको निर्वाचन पत्रकारको नभएर पार्टीको भातृ संगठनको निर्वाचन भएको मिडिया नेपालले टिप्पणी गरेको छ । महासंघको निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नर्गन सक्रिय पत्रकारहरूलाई मिडिया नेपालले आह्वान गरेको छ । 

“सक्कली पत्रकार बाहिर बसेर टुलुटुलु हेर्न र नक्कली पत्रकारको हालिमुहाली भएको नेपाल पत्रकार माहासंघको चुनाव मिडिया नेपालले टुलुटुलु हेर्न सक्दैन र बहिस्कार र बिरोध गर्दछ,” मिडिय नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
media-nepal-1733542377.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro