site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघको अध्यक्षमा पाँचजनाको उमेदवारी

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, देवीप्रसाद सापकोटा र लालसिंह (एल एस) लामाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, दामोदरप्रसाद दवाडी, गोविन्दप्रसाद चौलागाईं र रोशन पुरीको उमेदवारी परेको छ । महिला उपाध्यक्षमा नितु पण्डित र गंगा पौडेल (बराल), समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभासप्रसाद साहको उमेदवारी परेको छ ।

महासंघको महासचिवमा रामप्रसाद दाहाल, प्रकाश थापा, लेखनाथ न्यौपाने र जन्मदेव जैसी गरी चारजनाको उम्मेदवारी परेको छ । यसैगरी खुला सचिवमा सात, महिला सचिवमा तीन, आदिवासी जनजाति सचिवमा तीन, मधेसी सचिवमा तीन, दलित सचिवमा चार, एशोसियट सचिवमा तीन र कोषाध्यक्षमा तीनजनाको उमेदवारी परेको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले बताए ।

उमेदवारका बारेमा शनिबार बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकामा उल्लेख छ । महासंघको निर्वाचन मंसिर २८ गते हुँदैछ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro