site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा
Tiktok banner adTiktok banner ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएका पुष्टि भएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मिश्र र पाण्डेयले बेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई केही दिनअघि सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा कपिलवस्तु जिल्ला अदालतका तहसिलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयको आपसी मिलोमतोमा वेरितको वण्डा मुचुल्का बदर गरी पुनः वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्यितारले दायर गरेको मुद्दामा उनीहरूसँग २० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro