site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिने

काठमाडौं । निर्वाचन आयोगले मंसिर २३ गतेदेखि मतदाता नामावलीका निम्ति नाम दर्ता गर्ने कार्य सुचारु गर्ने निर्णय गरेको छ । सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुचारु गर्ने निर्णय आयोगले गरेको हो ।

यसअघि, स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनका निम्ति देशभर नियमितरूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गर्न लागिएको आयोगले बताएको छ । 

निर्वाचन आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए तापनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका निम्ति आवश्यक प्रमाणसहित आयोगको वेबसाइटमा रहेको प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।” 

मतदाता नामावलीमा नाम दर्ता गर्नको निम्ति नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने आयोगले जनाएको छ । नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नको निम्ति नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ । 

त्यसैगरी, कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायत मतदाता नामावली अद्यावधिकसम्बन्धी कार्य गर्नका निम्ति आयोगको प्रणालीमा गई आवेदन गर्न सक्ने समेत आयोगले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro