site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच विकेट लिएका नरेन भन्छन्– हिजोदेखि नै 'म्यान अफ द म्याच' बन्ने योजना थियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका नरेन साउद खेलको ‘प्लेयर अफ द म्याच चुनिए । उनले काठमाडौंका गेरहार्ड इरास्मर, एस्किनाजी, राशिद खान, करण केसी र साहब आलमलाई पभेलियनको दिशा देखाएका थिए ।

नरेनको यही प्रदर्शनप्रेरित सुदूरपश्चिमले काठमाडौंलाई ९२ रनमै समेट्दै ७३ रनको जित निकाल्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।

जितपछि पत्रकारसँगको कुराकानीमा नरेनले खेलअघि नै ‘प्लेयर अफ द म्याच’ बन्ने योजना बनाएको प्रतिक्रिया दिए ।

“मलाई सुरुदेखि नै तिमी सक्छौ भन्दै हुनुहुन्थ्यो । धेरै खुसी लागेको छ । यति ठूलो लिगमा मेरो प्रदर्शन पहिलोपटक हो,” नरेनले भने, “दीपेन्द्र दाइले धेरै मोटिभेट गरिरहनुभएको थियो । दीप्पी दाइ र जगत गुरुलाई धन्यवाद दिन चाहन्छु । हिजो रातिदेखि नै म 'म्यान अफ द म्याच' बन्छु भन्ने थियो ।”

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । यता, काठमाडौंको भने यो तीन खेलमा दोस्रो हार हो ।

यसअघि, काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा भने काठमाडौंले कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro