site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुरै उठेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चारदिने चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुरा नउठेको स्पष्ट पारेका छन् । बिहीबार स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँगको कुराकानीका क्रममा ओलीले पोखरा विमानस्थलबारे कुनै कुरा नभएको बताएका हुन् ।

पोखरा विमानस्थलबारे चीनसँग कुनै कुरा भएन भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “कुरा उठेन ।”

चीन भ्रमणमा जानुअघि सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा चीनसँग लिइएको ऋण सहायता अनुदानमा रूपान्तरण गर्न अनुरोध गर्ने सहमति भएको थियो । 

चिनियाँ ठेकेदारले नेपालमा गरेका कार्यमा ढिलासुस्ती भएको सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । 

चिनियाँ ठेकेदारले बनाउँदै गरेको नारायणगढ–बुटबल सडकखण्ड अबको दुई वर्षमा सम्पन्न हुने दाबी उनले गरे ।

“नागरायणगढ–बुटबल सडकखण्ड पुन अहिले प्रारम्भ भइसकेको छ निर्माण कार्य । अथवा केही दिन हुन्छ, यो प्रारम्भ गर्ने भन्ने सहमति भइसकेको छ । २०८३ साल मंसिर भित्रमा निर्माण कार्य सम्पन्न हुन्छ,” प्रधानमन्त्री ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro