site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमुलमले अर्धशतक बनाएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमबाट म्याकमुलमले ३१ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे । योसँगै म्याकमुलम एनपीएलमा अर्धशतक बनाउने आठौँ ब्याटर बने ।

एनपीएलमा यसअघि जनकपुर बोल्ट्सका अनिल साह र लहिरु मिलान्था, चितवन राइनोजका रवि बोपारा, विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी, विराटनगरका लोकेश बम र कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro