site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीका तीन संसदीय समिति नेतृत्वविहीन
फाइल तस्बिर ।

सुर्खेत । कर्णाली प्रदेशसभाका तीन विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ ।

प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समिति नेतृत्वविहीन छन् । अर्थ समिति गएको वैशाखदेखि, विकास समिति साउनदेखि र लेखा समिति असोजदेखि सभापतिविहीन भएका हुन् ।

यी समितिका सभापति नहुँदा चार विधेयकमाथि छलफल हुन सकेको छैन । सरकारका काम–कारबाही अनुगमन गर्ने र सार्वजनिक महत्त्वका विषयमा सरकारलाई जवाफदेही बनाउने समिति नै सभापति नहुँदा गतिहीन बनेका छन् ।

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले सभापतिको पद खाली हुँदा ज्येष्ठ सदस्यले समितिको काम गर्न मिल्ने भए पनि कर्णालीमा त्यो कार्यान्वयन नभएको बताए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro