site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच बुधबार चितवनमा झडप भएको छ । लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । चितवनको चौबिसकोटीबाट प्रदर्शनसँगै अघि बढेका रास्वपा कार्यकर्ता जिल्ला प्रहरी कार्यालयअगाडि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गर्‍यो ।

चितवनमा सहारा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई त्यहाँ लगिएसँगै उनका समर्थकले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरूले चितवनबाटै रवि रिहाइको माग गरेका छन् । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro