site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीविरुद्ध ब्याटिङमा काठमाडौंको मध्यम सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले पहिलो पावर प्लेमा मध्यम सुरुआत गरेको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याइरहेको काठमाडौंले ६ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३७ रन बनाएको छ । काठमाडौंबाट हाल क्रिजमा रहेका माइकल लेभिट १९ र भीम सार्की आठ रनमा खेलिरहेका छन् । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो । प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । 

यसअघि पहिलो खेलमा कर्णाली याक्स जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पाँच विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro